सिभिल बैंकको दशौं वार्षिक साधारण सभा सम्पन्न,८.४२ प्रतिशत लाभांश पारित

सिभिल बैंकको दशौं वार्षिक साधारण सभा सम्पन्न,८.४२ प्रतिशत लाभांश पारित

  • आइतवार, फाल्गुन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

फागुण ९ काठमाण्डौं । सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीका लागि ८.४२ प्रतिशत लाभांश पारित गरेको छ । संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८% का दरले हुन आउने रु.६४,०२,७१,१७३.९१ (अक्षरेपी चौसठ्ठी करोड दुई लाख एकहत्तर हजार एक सय त्रिहतर रुपैया एकानब्बे पैसा मात्र) बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२% का दरले हुन आउने रु.३,३६,९८,४८२.८४ (अक्षरेपी तिन करोड छत्तीस लाख अन्ठानब्बे हजार चार सय बयासी रुपैया चैरासी पैसा मात्र) नगद लाभांश वितरण गर्न स्वीकृति दिएको हो ।

साथै सभाले आ.व. २०७७-७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गरेको छ ।
साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने-हुने वा स्वदेशी-विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गन कार्यका लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ