प्रदेश १ सभाको बैठक आज, अविस्वासको प्रस्ताव पेश हुन नदिने रणनीतिमा ओली समुह

प्रदेश १ सभाको बैठक आज, अविस्वासको प्रस्ताव पेश हुन नदिने रणनीतिमा ओली समुह

  • आइतवार, फाल्गुन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

फागुण ९ विराटनगर । मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुन नपाई गत माघ २५ गते स्थगित भएको प्रदेश १ प्रदेशसभाको बैठक आज बस्दैछ ।

गत पुस १२ गते नै नेकपाका ३७ प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेकोमा अहिलेसम्म प्रस्ताव टेबल हुन सकेको छैन ।

गत माघ २५ गतेको बैठकमा प्रस्ताव टेबल गर्ने कार्यसुची रहेको थियो । तर, बैठक सुरु हुनसाथ मुख्यमन्त्री पक्षधर सांसदहरुले उभिएर बैठकमा अबरोध गरे । त्यसपछि अप्रत्यासित रुपमा उनीहरुलाई नै सहयोग पुग्नेगरि सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभाको बैठक फागुन ९ गतेसम्मको लागि स्थगित गरेका थिए ।

आजको लागि तय गरिएको बैठक पनि अबरुद्ध गर्ने र अविश्वास प्रस्ताब फिर्ता नलिए प्रदेशसभा नै भंग गर्ने धम्की मुख्यमन्त्री शेरधन राईले दिदै आएका छन् ।
नेकपा विभाजनसँगै प्रचण्ड माधव समुहले मुख्यमन्त्री राई विरुद्ध अविस्वासको प्रस्ताव पेश गर्दै भीम आचार्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ