पर्साको ड्राईपोर्ट नजिक ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गयो, अर्का एक गंभीर घाईते

पर्साको ड्राईपोर्ट नजिक ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गयो, अर्का एक गंभीर घाईते

  • शनिबार, फाल्गुन ८, २०७७
  •  दिपक चौरसिया

  • 9.7K
    SHARES

पर्सा, ८ फागुन । पर्सा जिल्लाको ड्राइपोर्ट नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएकी छन । वीरगन्जको ड्राइपोट सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइक चालकको मृत्यु भएको छ भने एक जना घाइते भएकि हुन ।
वीरगन्जबाट ड्राडपोट जाँदै गरेको ना ५३ प ८७६२ नम्बरको मोटरसाइकललाई विपरीत दिशा बाट आइरहेको ना ४ ख १८३९ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना मध्ये एक जनाको मृत्यु भएको र एक जना सख्त घाइते भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिनु भयो । उहाले दुर्घटनामा घाइते भएका मध्ये मोटरसाइकल चालकलाई वीरगन्जको नारायणी अस्पतालमा पुगाएका थिए भने अर्को मोटरसाइकलमा पछाडि बसेकी घाइते महिलालाई वीरगन्ज स्थित तराई अस्पतालमा लिएर गएको बताउनु भयो । मोटरसाइकल चालक पर्सा जिल्ला सखुवाप्रसौनी गाउँ पालिका वडा नम्बर २ श्रीपुर पंचगवा बस्ने ६० बर्षका छठु साहको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ भने वीरगन्ज महानगरपालिका वडा नम्बर १९ निवसी २७ बर्षकि चन्दा देवी साहको वीरगन्जको तराई अस्पतालमा उपचार भैरहेको र साहको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।                                  दुर्घटनामा घाईते महिला ।
ठक्कर दिने ट्रकको चालक फरार भएपनी ट्रक आफ्नो नियन्त्रणमा लिएर ट्रक चालकको खोजी कार्य तिब्र रूपले अगाडी बढाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिनुभयो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ