लाजले गर्दा शहरमै महिलाहरु आफ्ना स्वास्थ्य समस्या समयमै परिक्षण गर्न हिचकिचाउछन्

लाजले गर्दा शहरमै महिलाहरु आफ्ना स्वास्थ्य समस्या समयमै परिक्षण गर्न हिचकिचाउछन्

  • शनिबार, फाल्गुन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

ललितपुर। शहरी क्षेत्रमा समेत महिलाहरु लाज र संकोचले गर्दा आफूलाई परेको स्वास्थ्य समस्याबारे समयमै परीक्षण गराउन हिचकिच्चाउने गरेको पाइएको छ ।

ललितपुरको नागबहालमा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा पनि महिलाहरुको स्वास्थ्यप्रति सोही दृष्टिकोणलाई पुन प्रमाणित गरेको धारणा चिकित्सकहरुले अघि सारेका छन् । ललितपुर महानगरपालिका वडा नं १६ ले अरनिको समाजसंग मिलेर सो शिविर आयोजना गरेको हो ।बृहत निशुल्क स्वास्थ्य शिविरको अभियान अन्तर्गत चौथो साता स्त्री रोग सम्बन्धी शिविर सञ्चालन गरिएको हो । महिलाहरुको तल्लो पेट दुख्ने, पाठ्यघर, गर्भ तुहिएपछिको अवस्था, स्तन, महिनावारी लगायतकोे जाँच गरिएको थियो ।शिविरबाट ८० जना महिला लाभान्वित भएका थिए ।

No description available.

‘गाउँघरमा मात्र होइन, शहरमा पनि समाजले केही भन्लान् वा थाहा पाउँलान् भनेर आफ्नो रोग लुकाउने वा बेवास्ता गर्ने गरेको पाइएको छ । आफ्नो रोगबारे परिवारसंग खुलेर कुरा राख्ने र समयमै परीक्षण गराउने हो भने धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।’ डा। चुनुमिला महर्जनले भन्नुभयो । डा। महर्जनका अनुसार महिलाहरुले आफ्नो जीवनशैलीमा परिर्वतन गर्नुपर्ने, पर्याप्त मात्रामा पानी पिउने, व्यायाम गर्ने, विभिन्न रोगबारे सजग भइरहनुपर्ने बारे स्वास्थ्य परीक्षण गर्न आउनेहरुलाई सल्लाह दिएको बताउनुभयो ।

डा मर्हजन सहित डा।रश्मि महर्जनले रोग परीक्षण गर्नुभएको थियो भने रोगबारे डा। सर्वोेत्तम श्रेष्ठ, डा सुशील प्रजापति र डा। कृष्णगोपाल महर्जनले बिरामीहरुलाई स्वास्थ्य सल्लाह दिनुभएको थियो । सो शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो भने ३० जना महिलाको पायप्स्मेर जाँच गरिएको समाजले जनाएको छ ।

No description available.

स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अभियानकैै रुपमा गत माघ १७ गते शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यका अनुसार शिविरबाट १६ वडाका साथै आसपासका वडाहरु क्रमशः ८,९, ११, १२, १९ र २० का मानिसहरु पनि लाभान्वित भएका छन् ।

No description available.

वडाका वडा सदस्य पञ्चबज्र बज्राचार्यका अनुसार आउँदो शनिबार दौबहालमा पेट तथा कलेजोको शिविर सञ्चालन हुने छ । सो शिविरमा अल्ट्रासाउण्ड बाट बिरामीको स्वास्थ्य परीक्षण गरिने छ । छैटौं तथा अन्तिम शिविर ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर फागुण २२ गते सञ्चालन हुने वडाका ज्येष्ठ नागरिक समितिका संयोजक समेत रहनुभएका वडा सदस्य बज्राचार्यले जानकारी दिनुभयो । सो शिविरमा नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी पनि परीक्षण गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी