फागुण ८ काठमाण्डौं । नेपालमा आज ८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २ हजार ४८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै देशभर संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।
यस्तै २४ घण्टामा १३६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । कोरोनाबाट नेपालमा हाल सम्म २०६१ जना मानिसको ज्यान गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline