फागुण ८ काठमाण्डौं । संसद विघटन पछि विभाजित बनेको नेकपा भित्र नेता कार्यकर्ताको ओहोर दोहोर जारी छ । कहिले कुन समुहमा कहिले कुन समुहमा दुबै तिरका नेता कार्यकर्ता यता उता गर्ने क्रम चलिरहेको छ ।
यसै क्रममा संंसद विघटन हुँदा ओली समुहमा खुलेर बैठकमा भाग लिएर फेरी प्रचण्ड माधव समुहमा गएका नेकपा केन्द्रीय सदस्य शेर बहादुर तामाङ पुनः ओली समुहमै फर्किएका छन् ।
प्रचण्ड माधव समुहसँग करीब दुई महिना बसेका तामाङ आजबाट ओली समुहमा लागेको बताएका छन् ।
उनीसगँै उनकी पत्नी एवं प्रदेश सभा सदस्य उषाकला राई पनि ओली समुहमै फर्किएकी छन् । राई आजै बिराटनगरमा हुने ओली समुहको शक्ति प्रदर्शनकै क्रममा प्रवेश गर्ने तयारी भएको बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline