झापा र सुनसरीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

झापा र सुनसरीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

  • शनिबार, फाल्गुन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

झापा, फागुन-८ गते । झापा मेचिनगर १३ धाईजन बस्ने ३८ बर्षीय अनन्त आचार्यको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार बेलुका साढे ७ बजे मेचिनगर १३ चारआलि स्थित पुर्व-पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको  मे११प ११३१ नम्बरको मोटरसाईकल एक-आपसमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मे११प ४४७८ नम्बरको मोटरसाईकल चालक अनन्त आचार्यको B&C अस्पताल विर्तामोडमा उपचारको क्रममा रातको १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्को मे११प ११३१ नम्बरको मोटरसाईकलमा सवार २ जना समेत घाईते भई उपचार भईरहेको छ । दुवै मोटरसाईकल प्रहरीको नियन्त्रमा रहेको उक्त कार्यालयले जनाएको छ ।

सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरमा शुक्रबार राती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । राती पौने ११ बजे ईटहरीबाट दुहबी तर्फ आउदै गरेको को १९ प ६९७६ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट जादै गरेको BR 01-GC 0341 नम्बरको ट्रकले ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक बुढिगंगा गाउँपालिका ४ का २७ बर्षीय राजन चौधरीको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक तथा मोटरसाईकल समेत ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ