सार्वजनिक भएन बरामद अवैध सुन र रकम

सार्वजनिक भएन बरामद अवैध सुन र रकम

  • शुक्रबार, फाल्गुन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

डोटी, ७ फागुन ।  जिल्लामा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन् । कुल एक किलो १०० ग्राम पक्राउ गरेको कम्तिमा पनि एक महिना बित्नै लाग्दासमेत सार्वजनिक नगरेको भन्दै यहाँका स्थानीयवासी प्रहरीको नियतमाथि शङ्का गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यलय डोटीको प्रहरी टोलीले नखुलेको एक किलो १०० ग्राम सुनसहित रु १७ लाख ४७ हजार नगद बरामदसँगै दुई जनालाई पक्राउसमेत गरेको थियो । पक्राउ गरेको सुन तथा पक्राउ पर्ने व्यक्तिका विषयमा अहिले सम्मपनि कुनै सार्वजनिक नगरेको भन्दै यहाँका स्थानीयवासी प्रहरीप्रति सशङ्कित हुनथालेको सिलगढीका स्थानीय भरत नेपालीले बताउनुभयो ।

उता प्रहरीले सुन र रकमसँगै पक्राउ गरेका व्यक्तिलाई हाजिर जमानीमा छोडेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट केआइसिंह गाउँपालिका–६ भिताणीकी ६० वर्षिया काली भुललाई पक्राउ गरेको थियो । प्रहरीले काली र उहाँका भतिजालाई एक दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर दोस्रो दिन बयानपश्चात् छोडिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयोे, “प्रहरीले सुन र सम्लग्न अन्य व्यक्ति खोजीरहेको छ ।” जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वार्टरमार्फत आफूलाई सूचना आएपछि सुन र नगद बरामद गरिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हेडक्वाटर्रमार्फत पक्राउका लागि खबर आएपछि हामीले पक्राउ गरेका हौँ, अन्य केही खवर आएको छैन, केन्द्रमा अनुसन्धान भइरहेको होला ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ