पार्टीको आधिकारीकता र सूर्य चिन्हको दाबी गर्दै प्रचण्ड नेपाल समुह नागरिकता बोकेर निर्वाचन आयोग जाने

पार्टीको आधिकारीकता र सूर्य चिन्हको दाबी गर्दै प्रचण्ड नेपाल समुह नागरिकता बोकेर निर्वाचन आयोग जाने

  • शुक्रबार, फाल्गुन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

फागुण ७ काठमाण्डौं । विभाजित नेकपाको आधिकारीकता र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड माधव समुहका केन्द्रीय सदस्यहरु नागरिकता बोकेर निर्वाचन आयोग जाने भएका छन् ।
आज पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले आयोग जाने निर्णय गरेको हो । निर्वाचन आयोगमा पार्टीको आधिकारीकता र सूर्य चिन्हका लागि थप दबाब दिन बहुमत केन्द्रीय सदस्यहरु नागरिकता बोकेर जाने भएका छन् ।
केन्द्रीय सदस्यहरुलाई नागरिकता बोकेर आउन हिजै पार्टीले निर्देशन दिएको थियो ।
पुष ५ मा संसद विघटन भए पछि निर्वाचन आयोगमा ओली र प्रचण्ड माधव समुहले अलग अलग रुपमा विवरण अद्यावधिक गर्न भन्दै निवेदन बुझाए पनि निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।
नेकपाको आधिकारीकता र सूर्य चिन्ह दुबै पक्षले आफ्नो हुने दाबी गर्दै आएका छन् ।
नेकपा भित्र बहुमत केन्द्रीय सदस्य र बहुमत सांसद प्रचण्ड माधव समुहमा देखिएका छन् । ४४१ जना केन्द्रीय सदस्यमा ३ सय हाराहारी आफूहरुसगँ रहेको प्रचण्ड माधव समुहको दाबी छ ।
निर्वाचनको तयारी पनि गर्ने पार्टी विवादको पनि निरुपण नगर्ने भन्दै सो पक्ष आयोगसँग पनि असन्तुष्ट बनिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ