रुपन्देहीको बगौलीमा सेन्चुरी बैंकको शाखा रहित सेवा शुरु 

रुपन्देहीको बगौलीमा सेन्चुरी बैंकको शाखा रहित सेवा शुरु 

  • बुधबार, फाल्गुन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

फागुण ५ । रुपन्देहीको बगौलीमा सेन्चुरी बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार भएको छ ।
सेन्चुरी कमर्सियल बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको
मार्चवारी गाउँपालिकाको बगौलीमा आजेदेखि शाखारहित बैंकिङ्ग
सेवा प्रारम्भ गरेको जनाएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ
मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले गर्नु भएको थियो । यस सेवाबाट बगौली लगायतका क्षेत्रका जनताले आधुनिक बैंकिङ्ग सेवा उपयोग गरी उनीहरुको आर्थिक समृद्धिमा समेत लाभ पुग्ने जैसवालले बताईन् ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेन्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ