कोरोनाबाट मृत्यु हुने क्रम घट्दो

कोरोनाबाट मृत्यु हुने क्रम घट्दो

  • बुधबार, फाल्गुन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

फागुण ५ काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम घट्दै गएको छ । पछिल्लो समय दैनिक रुपमा मृत्यु हुनेको संख्यामा कमी आउने क्रममा आज २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
हाल सम्म कोरोनाबाट २०५५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज देशभर १२५ जना संक्रमित थपिएका छन् । देशभर ३ हजार ८ सय ३८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
यो सँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।
यस्तै २४ घण्टामा ९१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ जना पुगेको छ ।
अब आईसोलेसनमा सक्रिय संक्रमितको संख्या १६ सय २१ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ