वैतडीमा आक्रमणप्रति काँग्रेसले दियो ओली समुहलाई चेतावनी

वैतडीमा आक्रमणप्रति काँग्रेसले दियो ओली समुहलाई चेतावनी

  • मङ्लबार, फाल्गुन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

फागुण ४ काठमाण्डौँ । बैतडीको डिलासैनी गाउँपालिकामा नेपाली कांग्रेसको सभामा नेकपा ओली समूहले गरेको आक्रमणप्रीत काँग्रेसले गंभीर चेतावनी दिएको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज साँझ एक विज्ञप्ति जारी गरी डिलाशैनी गाउँपालिकाको पंसेरामा कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापालगायत सहभागी आमसभामा भएको आक्रमणका दोषीहरुलाई पक्राउ गरी कार्बाही गर्न माग गरेका छन् ।

उक्त घटनामा प्रधानमन्त्री केपी शर्मा ओली समुहका कार्यकर्ताको संलग्नता रहेको काँग्रेसले बताएको छ ।

उक्त घटनामा केही सवारी साधनमा तोडफोड समेत भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भुमिका खेलेको भन्दै यस्ता प्रवृत्ति परित्याग गर्न पनि कांग्रेसले विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।
सो आक्रमणमा परी आधा दर्जन घाईते भएका छन् । आक्रमणका क्रममा नेता साउदको पेटमा ढुंगा लागेको थियो । त्यस क्षेत्रमा प्रहरी पुगे पछि घटना साम्य भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ