वेवारीसे शब जलाएर चर्चामा आएकी सपनालाई नांगो तस्वीर सार्वजनिक गरिदिने धम्की दिने बस्नेत पकाउ

वेवारीसे शब जलाएर चर्चामा आएकी सपनालाई नांगो तस्वीर सार्वजनिक गरिदिने धम्की दिने बस्नेत पकाउ

  • मङ्लबार, फाल्गुन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

फागुण ४ काठमाण्डौं । वेसारीसे शब जलाएर चर्चामा आएकी सपना रोका मगरलाई नांगो फोटो सार्वजनिक गरिदिने भन्दै धम्की दिएको आरोपमा बिनय जंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । सपना यसै वर्ष बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी थिईन् । उनी १८ वर्षको उमेरमै प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी थिईन् ।
बस्नेत बिरुद्ध सपनाले दिएको जाहेरीका आधारमा आज साँझ प्रहरीले गोंगबुबाट नियन्त्रणमा लिएको हो ।
बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएका थिए ।

बस्नेतले युट्युब च्यानलमा अन्तवार्ता दिदै आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको दावी गरेका थिए ।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ