काठमाडौं, फागुन ४ । नेपालमा पछिल्लो आज थप १०५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६० जनाको पीसीआर परीक्षण गर्दा १०५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा २ लाख ६९ हजार ३ सय ३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।
हाल नेपालमा १ हजार ५ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline