नेपालमा पनि भारतीय जनता दलको सरकार बनाउने योजना थियो भन्ने त्रिपुराका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति नेपालको ध्यानाकर्षण

नेपालमा पनि भारतीय जनता दलको सरकार बनाउने योजना थियो भन्ने त्रिपुराका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति नेपालको ध्यानाकर्षण

  • मङ्लबार, फाल्गुन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

फागुण ४ काठमाण्डौं । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपालमा पनि भाजपाको सरकार बनाउने योजना थियो भनि दिएको आपत्तिजनक अभिव्यक्तिप्रति नेपालले आपत्ति जनाएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्कका सहसचिव अरन्दिम बाग्छीलाई फोन गरेर भारतीय जनता पार्टी (भाजपा) का तत्कालीन अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार बनाउने योजना रहेको बताएको भन्ने देवको अभिव्यक्तिका सम्बन्धमा चासो व्यक्त गर्दै आपत्ति जनाएको बताईएको छ ।

मुख्यमन्त्री देवले गत शनिबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टी (भाजपा) को सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिएका थिए । देवले शनिबार राजधानी अगरतालाको एउटा पार्टी बैठकमा भाजपा अध्यक्ष रहेका बेला शाहले त्यस्तो योजना सुनाएको बताएका थिए ।
यस अभिव्यक्तिको भारतकै काँग्रेस आईले समेत आपत्ति जनाएको थियो । देवको अभिव्यक्तिले स्वतन्त्र मुलुकमाथि प्रश्न खडा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ