शेयर बजारमा ऐतिहासिक रेकर्ड, नेप्से २६ सय अंकमाथि

शेयर बजारमा ऐतिहासिक रेकर्ड, नेप्से २६ सय अंकमाथि

  • मङ्लबार, फाल्गुन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

फगाुण ४ काठमाण्डौ । दिन दिनै बृद्धि हुँदै गएको शेयर बजारले नयाँ रेकर्ड राखेको छ । पहिलो पटक नेप्से २६ सय अंकमाथि पुगेको छ ।
आज नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ को विन्दुमा उक्लिएको छ। यो शेयरबजारमा नयाँ रेकर्ड हो ।

यो राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९ अंकले बढेर ४७३.५३ को उचाइमा पुगेको छ। आज कारोबार रकम १० अर्ब माथि भएको छ। बजार अझै बढ्न सक्ने विष्लेषकहरुले आकलन गरेका छन् । आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा हरियाली छाएको छ ।

आज बैंकिङ समूह सर्वाधिक ३८.४१ अंकले उकालो लागेको छ। विकास बैंक समूह ६.४७ अंकले बढेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा ५.५४ अंक र म्युचुअल फन्ड समूहमा ०.११ अंकको बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १११.४ अंकले ओरालो लागेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नबिल बैंकको सबैभन्दा धेरै ५४ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ