नेपाल टेलिकमको एनटी च्याटबोट सेवा शुरु 

नेपाल टेलिकमको एनटी च्याटबोट सेवा शुरु 

  • मङ्लबार, फाल्गुन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

फागुण ४ काठमाण्डौं । नेपाल टेलिकमले पनि आफ्ना सेवाहरुबारे स्वचालित रुपमा जानकारी उपलव्ध गराउन एनटी च्याटबोट शुरु गरेको छ । टेलिकमको वेबसाइटबाटै च्याट मार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा  शुरु गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको वेबसाइट  www.ntc.ner.np) खोल्नासाथ  पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्दछ । त्यहाँ Need Help ? Welcome ro NT Chatbot  भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली-अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।
कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड,ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र  समेत गर्न सकिन्छ । गुनासो सम्बोधन च्याटबोट मार्फत स्वचालित रुपमा नसकेमा कम्पनीको सम्बन्धित विभाग-पदाधिकारीले अध्ययन गरी  गुनासो व्यवस्थापन गरिने छ ।
एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ ।
यो सेवाको शुभारम्भ सञ्चारमन्त्री पार्वत गुरुङले माघ २२ गते कम्पनीको १७ औं वार्षिकोत्सवका अवसरमा गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ