ईलाम,फागुन ४ गते । ईलाम ईलाम नगरपालिका–७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम(९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन ।
हिजो बेलुका साढे ८ बजे मे १ ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुदा सुन्दास गम्भीर घाईते भएका थिए ।
गम्भीर घाईते भएका सुन्दासलाई उपचारार्थ बिराटनगर तर्फ लैजादै गर्दा राती ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline