सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीप्रति आभार

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीप्रति आभार

  • सोमवार, फाल्गुन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको कदमविरुद्ध आज ७७ जिल्लामा कांग्रेसका जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा सहभागी भएकाप्रति आभार व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य र सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवालाई बधाई ज्ञापन गर्नुभएको छ । साथै उहाँले कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीप्रति पनि धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उहाँले प्रदर्शनले प्रतिनिधिसभा विघटन, मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा देखिएको अकर्मन्यता र कुशासनका विरुद्ध जनभावना अभिव्यक्त भएको समेत उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ