विमला गैरे काँग्रेस महिला विभागको केन्द्रीय सदस्यमा मनोनित

विमला गैरे काँग्रेस महिला विभागको केन्द्रीय सदस्यमा मनोनित

  • सोमवार, फाल्गुन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कपिलवस्तु । नेपाली कांग्रेसकी नेतृ विमला गैरे महिला विभागको केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । नेपाल श्रमिक संघकी केन्द्रिय अध्यक्ष तथा हिन्दु महासंघकी केन्द्रिय सदस्य समेत रहनुभएकी गरै महिला विभागको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो ।

नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाद्धारा हस्ताक्षरित पत्रमा गैरेलाई नेपाली कांग्रेस केन्द्रिय महिला विभागको सदस्यमा मनोनित गरिएको हो ।

लामो समयदेखी पार्टीमा आवद्ध गैरेको योगदानलाई मूल्याङ्कन गर्दै केन्द्रिय महिला विभागको सदस्यामा मनोनित गरिएको जनाइएको छ ।

गैरे अन्य विभिन्न संघ संस्थामा पनि आबद्ध हुनुहुन्छ । वाणगंगा २ राजपुर निवासी गैरेले महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएलगत्तै मायादेवीसंग प्रतिक्रिया दिदै आगामी दिनमा पार्टीलाई अझ शसक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ