प्रदेश १ः प्रहरी परिवारका लागी सिपमुलक सिलाई कटाई तालिमको समुदघाटन

प्रदेश १ः प्रहरी परिवारका लागी सिपमुलक सिलाई कटाई तालिमको समुदघाटन

  • सोमवार, फाल्गुन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

बिराटनगर फागुन ३ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा आज एक कार्यक्रम बिच बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर र अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र चन्द्रगढीमा संचालन हुने “सिपमुलक सिलाई कटाई तालिम”को संयूक्त शुभारम्भ गरिएको छ ।

क्षेत्रीय प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ६ महिना अवधीको सिलाई कटाई तालिमको समुदघाटन गर्नु हुदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले पूर्व तथा बहालवाला प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सिपबाट आय(आर्जन बढ्न जाने र आश्रीत परिवार तथा सन्ततीहरुको वृत्ति विकाशमा टेवा पुग्ने अभिप्रायले यस्ता सिपमुलक तालिमहरु संचालन गरिएको बताउनु भएको छ ।

यस भन्दा पुर्व आठौं समुहसम्म उक्त सिलाई कटाई तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट मात्रै प्रदान गरिदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढंगबाट सहभागी गराउने उद्देश्य अनुरुप नवौ समुहको तालिमलाई विपत ब्यबस्थापन गुल्म चन्द्रगढीबाट समेत संचालन गरिएको हो । दुबै स्थानमा आजबाट संचालन हुने तालिममा २१ जना प्रहरी परिवारहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन । उक्त तालिम समुदघाटन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ