स्वरोजगार कोषले ल्यायो पाचँ नयाँ कार्यक्रम, अबदेखि एपबाटै आशय पत्र भरी सिधै कर्जा माग गर्न सकिने

स्वरोजगार कोषले ल्यायो पाचँ नयाँ कार्यक्रम, अबदेखि एपबाटै आशय पत्र भरी सिधै कर्जा माग गर्न सकिने

यस वर्ष १२ हजार युवालाई रोजगारी दिने

  • सोमवार, फाल्गुन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.2K
    SHARES

काठमाडौं, ३ फागुन ।  १२ हजार बेरोजगारलाई रोजगारी दिने सरकारी लक्ष्य पुरा गर्न युवा तथा साना व्यवसायी स्वरोगार कोषले बिभिन्न नयाँ पाँच वटा कार्यक्रम सन्चालनमा ल्याउने भएको छ ।

सहकार्यमा आधारीत साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर, भेरी-कर्णाली इकोनोमिक करिडोर, काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम र तराई-मधेश स्वरोजगार कार्यक्रम सन्चालनमा ल्याउन लागेको कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका ‘कल्याण’ले जानकारी दिनुभयो ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रोकाले वेरोजगार व्याक्तिलाई सिधै कोषबाट न्युनतम दुई लाख सम्मको कर्जा माग गरेको एक हप्ता देखि १५ दिनसम्ममा उपलब्ध गराउने जानकारी दिनुभयो । यसअघि सहकारी मोडेलमा सन्चालीत कोषको कार्यक्रमलाई परिमार्जन गर्दै वेरोजगार व्याक्तिले स्वयम अनलाईन फारम भरेर कर्जा लिन सक्ने व्यावस्था कोषले गरेको हो । तर सहकारी मोडेललाई पनि कोषले निरन्तरता दिने छ ।साथै अभिमूखीकरण तालिम लिएका व्याक्तिलाई मात्र कर्जा दिने व्यावस्थाको अन्त्य समेत कोषले गरेको छ । अब कर्जा लिएर व्यावसाय सन्चालन गर्नका लागि तालिम लिन अनिवार्य छैन र आवश्यक परेमा भने कोषले उपलब्ध भने गराउने छ ।

यस्तै कोषले स्थानीय तह तथा प्रदेश सरकारसँग को समन्वयमा साझेदारी कार्यक्रम समेत सन्चालन गर्ने तयारी गरेको छ । २०६५ सालमा स्थापना भएको कोषमा सुरुवाती समयमा ३ सय ८२ करोड रकम जम्मा भएकोमा हाल कोष बढाउनका लागी सहकार्यमा आधारित साझेदारी कार्यक्रम सन्चालन गर्न लागिएको रोक्काको भनाई छ । कोषले स्थानीय तथा प्रादेशिक सरकारसँग ३ दशमलव ०५ प्रतिशत व्याजदरमा ५ बर्षका लागि कर्जा लिएर आवश्यक्ताका आधारमा रकम थप गरि सोहि क्षेत्रमा बेरोजगारी हटाउन स्वरोजगारमुलक कार्यका लागि बैंक, वित्तिय संस्था र सहकारीमार्फत सर्वसाधारणलाई कर्जा प्रवाह गर्ने योजना रहेको उपाध्यक्ष रोकाले बताउनु भयो ।

कञ्चनपुर, बारा, पर्सा, रौत्तहट, सर्लाही र धनुषालगायत तराईका २१ जिल्लामा ‘भकारी प्रविधियुक्त माछापालन’ मा लगानी गरी स्वरोजगारका अवसर सिर्जना गर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तराई–मधेश स्वरोजगार कार्यक्रमअन्तर्गत अटोरिक्सा, ठेलागाडामा दुग्धजन्य व्यवसाय, फलफूल, तरकारी, चटपटे र फास्ट फूड पसललगायत अन्य व्यवसायका लागि प्रविधिमा लगानी गरी स्वरोजगारका अवसर सिर्जना गर्न कर्जा उपलब्ध गराउने छ ।

रोकाले भन्नुभयो, “काठमाडौँ उपत्यकास्थित महानगरपालिका, नगरपालिका र समान उद्देश्य बोकेका स्वरोजगार तथा रोजगारसँग जोडिएका सङ्घ÷संस्थासँग समन्वय र साझेदारी गरी पार्क, चोक, गल्ली, सपिङ मललगायतका ठाउँमा ठेलागाडामा फास्ट फुड, तरकारी तथा फलफूल, दुग्घजन्य उत्पादन बिक्री आदि कार्यका लागि पनि कर्जा उपलब्ध गराइने छ ।”May be an image of 5 people, including Lokendra Khadka, people standing and indoor

सोहि कार्यक्रममा स्वरोजगार मोवाईल एप पनि सार्वजनिक गरिएको छ । अबदेखि उक्त एप मार्फत स्वरोजगार कर्जा लिन चाहने व्याक्तिले आशय पत्र भरी सिधै कर्जा माग गर्न सक्नेछन् । कोषको वेभसाइडमा रहेको अनलाई पार्टलमार्फ पनि आशय पत्र भर्न मिल्ने व्यावस्था गरिएको छ ।

स्थापनाकालदेखि हालसम्म कोषले ९ अर्ब ६३ करोड ५९ लाख रकम लगानी गरेकोमा ब्याज अनुदान १२ करोड ४८ लाख ११ हजार २५५ रुपैया निकासा गरेको जनाएको छ । सोहि अवधिमा स्वरोजगार संख्या र अभिमूखीकरण तालिम लिनेको संख्या ७७६२८ रहेको छ भने ५६ हजार ४ सय ९२ जना व्यावसाय र ब्यवसायीको बीमा गरिएको कोषले जनाएको छ ।

कार्यकममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले १२ हजार युवालाई रोजगार बनाउने लक्ष रहेकाले त्यसलाई पुरा गर्न कोषले अघि सारेका नयाँ कार्यक्रम प्रभावकारी बन्ने आसा व्यक्त गर्नुभयो ।

नीतिगत पुनसंरचनामा गरियो सुधार
कोषले नीतिगत पुनसंरचनाको क्षेत्रमा पनि महत्वपूर्ण सुधार गरेको छ । व्याक्तिको परियोजना हेरी अधिकतम २लाख रुपैयासम्म कर्जा दिने व्यावस्था रहेकोमा आगामी आर्थिक वर्षबाट लागू हुनेगरी ५ लाख सम्म बनाईएको छ । यस्तै कोषले बैंक, वित्तीय संस्थालाई बढीमा ५ करोडसम्म कर्जा दिने व्यावस्था गरिएको छ भने सहुलियतपुर्ण कर्जा १८ वर्ष पुरा भई ५० वर्ष ननाघेका नेपाली बेरोजगारलाई लक्षित रहेकोमा अहिले अधिकतम उमेर ६० पुर्याईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ