ट्रकमा ओभरलोड किलिङकर आयात गर्दा बीरगञ्जमा जनजीवन नै प्रभावित !

ट्रकमा ओभरलोड किलिङकर आयात गर्दा बीरगञ्जमा जनजीवन नै प्रभावित !

  • सोमवार, फाल्गुन ३, २०७७
  • -दिपक चौरसिया

  • 12.3K
    SHARES

वीरगंज, ३ फागुन । ट्रकमाओभर लोड गरी किलिङकर ओसारपोसारका कारण वीरगंजको रजतजयन्ती चौकको जनजिवन प्रभावित हुदा स्थानियहरुले सोमबार बिरोध प्रदर्शन गरेका छन् ।

स्थानियहरुका अनुसार सिमेन्ट बनाउनको लागि प्रयोग हुने किलिंकर बोकेको ट्रक दिन भरीमा ४ सय देखी ५ सयको संख्यामा भित्रिने गरेका छन् । किलिंकर ट्रकमा ओभर लोड भएका कारण त्यसको धुलो बाटोमा आवतजावत गर्ने सर्वसाधारणलाई खानु परेको छ । त्यसका कारण मानिसको स्वास्थ्यमा समेत असर पर्ने भएको बिरोध प्रदर्शन गरिएको स्थानियहरुले वताएका छन् ।

ट्रकमा ओभर लोड भएका कारण बाटोमा छर्दै जाने गरेको स्थानिय लालदेव प्रसाद यादवले वताए । ट्रकबाट उडेको किलिंकर बाटोमा छर्नुको साथै घरमा समेत पस्ने गरेको उनले वताए । त्यस कारण बाताबरण प्रदुशषण हुनुको साथै स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको उनको गुनासो छ ।

स्थानिय प्रशासनलाई यस बारे ध्यानकार्षण गराउदा पनि कुनै सुनवाई नभए पछि बाध्य भएर बिरोध प्रदर्शनमा उत्रनु परेको यादवले वताए । अझै पनि ट्रकको ओभर लोड रोकिएन भने अनिश्चितकालिन चक्का जाम गर्ने प्रदर्शनकारीहरुले चेतावनी समेत दिए ।

स्थानियहरुले सोमबार विहान ११ बजेदेखी १२ बजे सम्म एक घण्टा चक्का जाम गरी बिरोध प्रदर्शन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी