अदालतको आदेश अनुसार अवहेलना मुद्धाको लिखित जवाफ लिएर चार पूर्व प्रधानन्यायधीश पुगे सर्वोच्चमा

अदालतको आदेश अनुसार अवहेलना मुद्धाको लिखित जवाफ लिएर चार पूर्व प्रधानन्यायधीश पुगे सर्वोच्चमा

  • सोमवार, फाल्गुन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

फागुण ३ काठमाण्डौं । अदालतको अवहेलना मुद्दामा आदेश बमोजिम लिखित जवाफ लिएर चार जना पूर्व प्रधानन्यायधीशरु सर्वोच्च पुगेका छन् । उनीहरुले संसद विघटनका बारेमा एक सामुहिक विज्ञप्ति जारी गरे पछि सर्वोच्चमा रिट दायर भएको थियो । सो रिटमा भएको आदेश अनुसार जवाफ लिएर उनीहरु सर्वोच्च पुगेका हुन् ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई गत माघ १५ गते अवहेलना मुद्दामा लिखितजबाफसहित आफै उपस्थित हुन आदेश जारी गरेको थियो ।
अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको थियो ।
यस्तो आदेश सर्वोच्चले प्रधानमन्त्रीका हकमा समेत जारी गरेको थियो । तर प्रधानमन्त्री कहिले सर्वोच्च जाने टुंगो भईसकेको छैन ।
यस्तै प्रचण्ड बिरुद्ध परेको रिटमा पनि लिखित जवाफ माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ