फागुण २ काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारण सभाले ७५ करोड मुल्य बराबरका ७५ लाख कित्ता साधारण शेयर आईपिओ जारी गर्ने भएको छ । आम्रपाली ब्याङ्कवेट, नक्साल, काठमाडौंमा सम्पन्न भएको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
यो आईपिओपछि कम्पनीको चुक्तापुजी दुई अर्ब ५० करोड रुपैया पुग्नेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ । त्यस्तै, सभामा कम्पनीको आर्थिक वर्ष २०७५-७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।
सभामा आर्थिक वर्ष २०७६-७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तथा धितोपत्र दर्ता गरी आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ ।
कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ११ करोड १ लाख ८४ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म १ अर्ब ४० करोड २१ लाख ४५ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले २६ करोड ७१ लाख ९९ हजार दाबी भुक्तानी गरेको छ ।
कम्पनीको जगेडा कोषमा ७२ करोड ८० लाख ४९ हजार रहेको छ भने बीमा कोषमा २ अर्ब ३९ करोड ८१ लाख रहेको छ ।