फागुण २ काठमाण्डौं । आइतवार नेप्से परिसूचक ३३ दशमलव ३३ अंक घटेर २ हजार ४९३ दशमलव ५९ विन्दुमा ओर्लिएको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३१ अंक घटेर ४५४ दशमलव १२ विन्दुमा झरेको छ ।
२ हजार ५३६ दशमलव ४७ विन्दुदेखि खुला भएको आइतवारको बजार २ हजार ५३७ विन्दुसम्म पुगेर पुनः तल झरेको हो ।
गत बिहीवार पनि बजार १६ दशमलव ११ अंकले घटेर बन्द भएको थियो ।
आज कारोबार रकम समेत घटेको छ । आज जम्मा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार बराबरको १ करोड ४८ लाख ५१ हजार बराबरको शेयर कारोबार भएको हो ।
यो कारोबार २०२ ओटा कम्पनीको ५८ हजार ३०९ पटकको व्यापारमा भएको हो । यसदिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको रू. ५२ करोड ३३ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीकोे शेयरमूल्य पनि ७ दशमलव ४० प्रतिशतले बढेको छ । न्यूनतम रू। १ हजार ६३७ देखि अधिकतम रू. १ हजार ७२७ सम्मको मूल्यमा कारोबार भएको कम्पनीको मूल्य प्रतिकित्ता रू। ११७ ले बढेर अन्तिम मूल्य रू। १ हजार ६९९ कायम भएको छ ।
नेको पछि यस दिन नेपाल बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल बैंकको रू ३६ करोड ६० लाख २६ हजार बराबरको शेयर कारोबार भएको हो ।आइतवार म्युचुअल फण्ड समूहको १ दशमलव शून्य ९ प्रतिशत परिसूचक बढेको छ भने बाँकी ११ ओटा समूहको घटेको छ ।यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २ दशमलव २३ प्रतिशत घटेको हो ।
त्यस्तै बैंकिङको १ दशमलव १५ प्रतिशत, व्यापारिकको शून्य दशमलव ८२ प्रतिशत, होटलको १ दशमलव २३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४१ प्रतिशत, जलविद्युतको १ दशमलव २ प्रतिशत, वित्तको शून्य दशमलव ९४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ७७ प्रतिशत, लघुवित्तको १ दशमलव ८३ प्रतिशत र जीवन बीमाको १ दशमलव २७ प्रतिशत परिसूचक घटेको छ ।
दोहोरो उच्च अंकले घटेको बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । आइतवारदेखि बजारमा कारोबार शुरु भएको उक्त कम्पनीको शेयर खरिद चाप उच्च हुँदा मूल्यमा उच्च वृद्धि भएको हो । प्रतिकित्ता रू. ३४० देखि खुला भएको उक्त कम्पनीको अन्तिम मूल्य रू. ३७४ कायम भएको छ ।