ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु

  • आइतवार, फाल्गुन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

मोरङ,फागुन २ गते । मोरङ लेटाङ-२ बस्ने ६७ बर्षीय रत्न बहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको छ । शनिवार दिउसो ४ बजे मोरङ सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले साईकलयात्री श्रेष्ठलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिवार अपरान्ह ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक धनकुटा साघुरिगढिका २९ बर्षीय अमिर राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यसैबीच, तेह्रथुम लालिगुरास-५ स्थितमा बस्ने ७३ बर्षीया मंगलमाया लिम्बुको लडेर मृत्यु भएको छ । आज राती के कुन समयमा लालिगुरास स्थितमा रहेको पात्ले डाँडामा मंगलमायाको लडेर मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बसन्तपुरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ