फागुण दोस्रो साता भित्र संसद विघटनको मुद्धामा फैसला आउने संभावना, आजबाट निवेदकका तर्फबाट जवाफी बहस शुरु हुँदै

फागुण दोस्रो साता भित्र संसद विघटनको मुद्धामा फैसला आउने संभावना, आजबाट निवेदकका तर्फबाट जवाफी बहस शुरु हुँदै

  • आइतवार, फाल्गुन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

फागुण २ काठमाण्डौं । पुष ५ मा संसद विघटअन भए पछि त्यसका बिरुद्ध परेको मुद्धामा फागुण दोस्रो साता सम्ममा फैसला आउन सक्ने आंकलन शुरु भएको छ । स्रोतका अनुसार प्रधानन्यायधीशले कानुन व्यवशायीलाई बहसका लागि समय तोक्दै छिटो गर्न सुझाव दिदै आएका छन् । प्रधानन्यायधीश सहितका न्यायधीशहरु फैसलाका लागि समय लम्विन नहुने मनशायमा रहेको बताईन्छ ।
शुरुमा निवेदन दर्ता हुँदा माघ भित्रै बहस सकिएर फैसला आउला भन्ने आशा गरिएको थियो । तर रिट निवेदक र सरकारी वकिलहरुले बहसमा लामो समय लिए पछि र वकिलहरुको संख्या धेरै भए पछि बहस माघ ३० सम्म लागेको थियो ।
अब भने दुबै तिरको बहस सकिएकाले जवाफी बहस मात्र बाँकी छ । जवाफी बहसमा शम्भु थापा, रमण श्रेष्ठ,हरीहर दाहाल, मेघराज पोखरेल, हरी उप्रेती, शेर बहादुर केसी लगायतकाले बहस गर्ने वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले जानकारी दिए ।
उनीहरुलाई कति समय बोल्ने भन्ने समय प्रधानन्यायधीशले तोकिसकेका छैनन् ।
संसद विघटन बिरुद्ध परेको १३ वटै रिटलाई संवैधानिक ईजलाशमा राखेर सुनुवाई भईरहेको छ ।
संसद विघटन बिरुद्ध सडकमा आन्दोलनरत दलहरु सर्वोच्चबाट संसद पुनस्थापना हुने आशा गरीरहेका छन् भने सरकार सर्वोच्चले संसद पुनस्थापना नगरी निर्वाचनको पक्षमा फैसला गर्नेमा आशावादी देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ