फागुण १ काठमाण्डौं । नेकपा विभाजित भए पछि आज प्रचण्ड माधव समुहले जनयुद्ध दिवस मनाएको छ । पेरिसडाँडामा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा शहीदप्रति श्रदाञ्जली र घाईते, वेपत्ताहरुप्रति सम्मान व्यक्त गरिएको थियो ।
तर सो कार्यक्रममा सो समुहका अध्यक्ष माधव कुमार नेपाल उपस्थित भएनन् । कार्यक्रममा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रघुजी पन्त, योगेश भट्टराई लगायतका नेताहरु उपस्थित भएका थिए ।
माओवादीले २०५२ साल फागुण १ गते आजकै दिन शुरु गरेको जनयुद्धका क्रममा १० वर्षको अवधिमा १७ हजार मानिसको ज्यान गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline