विप्लव सहित चार दलको सँयुक्त रणनीतिक मोर्चा घोषणा, संघर्षका कार्यक्रम समेत सार्वजनिक

विप्लव सहित चार दलको सँयुक्त रणनीतिक मोर्चा घोषणा, संघर्षका कार्यक्रम समेत सार्वजनिक

  • बिहिबार, माघ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

माघ २९ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा सहित चार दलले आज सँयुक्त रणनीतिक मोर्चा घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल र रिषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मोर्चामा सामेल छन् । चार दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा निर्माण गर्नुका साथै माघ २९ गतेदेखि फागुण १८ गते सम्मका लागि संघर्षको कार्यक्रम समेत सार्वजनिक गरिएको छ । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अवधारणा पत्र समेत सार्वजनिक भएको छ ।
घोषित संघर्षका कार्यक्रम अनुसार फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभाको आयोजना मोर्चाले गर्नेछ । कार्यक्रमामा मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ ।
रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । पछि तीन जना थपिने भनिएको छ ।

मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ । यो मोर्चा तल्लो तहमा समेत विस्तार गरिने जनाईएको छ ।
अवधारणा पत्रमा मोर्चाको उदेश्य दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्ररवैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु रहेको उल्लेख गरिएको छ ।

May be an image of text

May be an image of text

No photo description available.

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ