संसद विघटन बिरुद्ध जसपाको देशभर मशाल जुलुश,पर्सामा प्रहरी हस्तक्षेपमा ९ जना घाईते

संसद विघटन बिरुद्ध जसपाको देशभर मशाल जुलुश,पर्सामा प्रहरी हस्तक्षेपमा ९ जना घाईते

  • बुधबार, माघ २८, २०७७
  • -दिपक चौरसिया

  • 11.8K
    SHARES

माघ २८ काठमाण्डौं । संसद विघटनको बिरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी नेपालले आज साँझ देशभर मशाल जुलुश निकालेको छ ।
जसपा पर्साले बुधबार वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत जसपाले निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गर्दा ९ जना घाइते भएका छन् भने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गरिएको संसद् विघटन विरुद्ध जसपाले घोषणा गरेको तेस्रो चरणको आन्दोलनअन्तर्गत वीरगञ्जमा निकालिएको मशाल जुलुस प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

वीरगंजको लिंक रोड, माइस्थान र लाठ गलीबाट निस्केको मशाल जुलुश घण्टाघर पुग्दा प्रहरीले हस्तक्षे गरेको थियो । सोही क्रममा प्रदर्शनकारी र प्रहरी बिच झडप समेत भएको थियो । प्रहरीले प्रदर्शनकारी मध्ये ४ जनालाई नियन्त्रणमा समेत लिएको थियो ।

मशाल जुलुश प्रदर्शनको क्रममा झडपमा परी प्रदेश सांसद प्रहलाद गिरीसहित ९ जना घाईते समेत भएको जसपा पर्साका सचिव तबरेज अहमदले बताए । जसपाका नेता कृषणा पटेल, श्रीराम गिरी, एजाजबाबु राँकी, रुपक पटेल, सरोज यादव, दिपु बर्मा, गौरव बर्मा, रिपु बर्मा घाईते भएको सचिव अहमदले जानकारी दिए ।

घाईतेहरुको वीरगंजस्थित नारायाणी अस्पतालमा उपचारपछि भइरहेको उनले जानकारी गराए ।

मशाल जुलुश प्रदर्शनमा प्रदेश सांसद करिमा बेग्म, जन्नत अंसारी, जसपाका केन्द्रिय सदस्य शिव पटेल, नेजामुद्दिन सम्मानी, फिरोज मंसुर, शिवजी सोनी, बिरेन्द्र यादव, जगदिश पटेल, ओम प्रकास सर्राफ, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, बिन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु, पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुन लगायतको सहभागिता रहेको थियो ।

यसै गरि बाराको परवानीपुरमा पनि मशाल जुलुश प्रदर्शन भएको छ । संसद विघटन विरुद्ध निकालिएको मशाल जुलुशमा गाउँपालिका अध्यक्ष हरिनारायण साह, वडाध्यक्ष अनिल राम, मुकेश रौनियार, बिरेन्द्र सोनल, संतोष यादव लगायतको सहभागिता रहेको थियो ।

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ