माघ २८ काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयर टुक्र्याउने प्रस्ताव पारित गरेको छ ।
वीरगञ्जमा आयोजना गरिएको कम्पनीको २० औं वार्षिक साधारणसभाले स्टक स्प्लिट सम्बन्धी प्रस्ताव पारित गरेको हो ।
अब यो प्रस्ताव धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत भए पछि शेयर टुक्रिनेछ । त्यसपछि नेपाल लाइफको सेयरको अंकित मूल्य रु। १०० को ठाउँमा रु। ५० कायम गरिनेछ भने हाल सेयरधनीसँग रहेको सेयर संख्या दोब्बर हुनेछ ।
नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभाले यसअघि संचालक समितिबाट भएको प्रस्ताव अनुसार आर्थिक वर्ष ०७५ ७६ का लागि सेयरधनीलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीले वार्षिक साधारणसभाको विशेष प्रस्तावमा कम्पनीको हाल कायम प्रतिसेयर मूल्य रु.१०० रहेकोमा सो सेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर मूल्य रु. ५० कायम गर्ने उल्लेख छ ।