चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने झापाबाट पक्राउ

चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने झापाबाट पक्राउ

  • सोमवार, माघ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

झापा, माघ २६ गते । चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न  बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्य
क्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा-९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक्राउ परेका हुन् । पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगि मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बि.क.को साथबाट नगद  ३,५६,७१०।–(तिन लाख छपन्न हजार सात सय दश) रुपैयाँ, निजको घरकोठामा रहेको दराज भित्रवाट. २,०८,२००।–(दुई लाख आठ हजार दुई सय) रपैयाँ र पौडलीको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८,३०,३०५।-(आठ लाख तिस हजार तिन सय पाँच) रुपैयाँ गरी जम्मा १३,९५, २१५ ( तेह्र लाख पन्चानब्बे हजार दुई सय पन्ध्र) रुपैयाँ नगद बरामद भएको छ ।

यसैगरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान ,विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ थान ,अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिम सहितको २ थान बरामद भएको छ । ठगीको आरोपमा पक्राउ परेका बि.क.लाई  थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमान्डौ  पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ