नमोबुद्ध ८ र ९ को वडा कार्यालय भवन शिलान्यास

नमोबुद्ध ८ र ९ को वडा कार्यालय भवन शिलान्यास

  • सोमवार, माघ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

दाप्चा–नमोबुद्ध नगरपालिकाका थप दुईवटा वडा कार्यालय भवन निर्माण सुरु भएको छ । आज सोमबार शिलान्यास भएसँगै वडा नं.८ र वडा नं.९ को कार्यालय भवन निर्माण सुरु भएको हो ।
दुबै वडा कार्यालय भवन निर्माणको शिलान्यास नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले गरेका छन् । भवन शिलान्यास गर्दै नगर प्रमख तिमल्सिनाले तोकिएको समयमै काम सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । वडा नं. ८ को कार्यालय भवन शिलान्यास कार्यक्रममा उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ८ का अध्यक्ष शेरवहादुर तामाङ, वडा सदस्य मनोजप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।
यस्तै वडा नं। ९ को भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रामदवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, वडा नं. १० का अध्यक्ष रामकृष्ण अधिकारी लगायतको सहभागिता रहेको थियो । वडा नं. ८ र वडा नं. ९ को कार्यालय भवन निर्माणको ठेक्का जानकी निर्माण सेवा पनौती–१० ले प्राप्त गरेको छ । उसले वडा नं. ८ का लागि भ्याटबाहेक ४३ लाख ६१ हजार १ सय ४९ रुपैयाँ र वडा नं. ९ का लागि ४१ लाख ४४ हजार २ सय २३ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
नमोबुद्ध नगरपालिकाले सबै वडामा एउटै डिजाइनका सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजनाअनुसार यो बर्ष पाँचवटा वडा कार्यालय भवन निर्माण गर्दैछ । केही दिनअघि वडा नं १० को कार्यालय भवन शिलान्यास भएसँगै निर्माण कार्य अगाडि बढिसकेको छ । अब यो बर्ष निर्माण हुने वडा नं. २ र वडा नं ७ को भवन निर्माणको काम अघि बढ्न बाँकी रहेको छ । यी दुबै वडा कार्यालय भवन निर्माण पनि यही महिनाभित्र सुरु गर्ने तयारी भइरहेको छ ।
यसअघि निर्माण थालिएका वडा नं. ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ भने नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणको काम लगभग सकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ