लढुङ्गा माघ २६ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला निर्वाचनपछि हुनसक्ने टिप्पणी गरेका छन् ।
नेपाल पत्रकार महासंघ ओखलढुङ्गाको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले अदालतको फैसला चुनाव अघि हुन पनि सक्छ, नहुन पनि सक्छ,’ मुख्यमन्त्री राईले भने ।
राजनैतिक स्थिरता, सुशासन, विकास र समृद्धिका लागि जनताले मतदान गर्दै अराजकता, अस्थिरता र कुशासनलाई सधैँका लागि हटाउनुपर्ने मुख्यमन्त्रीको जोड छ । उनले बलियो, शक्तिशाली, लोकप्रिय, विकास र समृद्धिको यात्रालाई तीव्र गतिमा लिएर जाने नेतृत्व जनताले चयन गर्ने विश्वाससमेत व्यक्त गरे ।
मुख्यमन्त्री राईले प्रदेशमा देखिएको राजनीतिक अस्थिरतालाई आफूले चिरेर जनताको अभिमतलाई कदर गर्दै अघि बढ्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline