माघ २६ विराटनगर । मोरङमा अवैध सामान ओसार पसार गर्ने तस्करहरुले प्रहरी असई साम कुमार माझीमाथि आक्रमण गरेका छन् ।
जिल्लाको पूर्वी–दक्षिण क्षेत्रदेखि भारततर्फ डिजेल तस्करी गर्ने समूहले मझारे प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक माझीमाथि नै आक्रमण गरेका हुन् । डिलेज तस्करी गर्ने समूहले अनुहारमा आक्रमण गर्दा उनको नाकको हड्डी भाँचिएको छ ।
मरणाशन्न हुनेगरि आक्रमण गर्ने योजनासहित तस्करहरुले असईलाई शरिरका विभिन्न भागमा हिर्काएका थिए । माझीको अहिले विराट नर्सिङ होममा उपचार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline