वि हेट ओली, सिंहदरबारमा प्रचण्ड माधवका बिद्यार्थीले लगाए नारा

वि हेट ओली, सिंहदरबारमा प्रचण्ड माधवका बिद्यार्थीले लगाए नारा

  • आइतवार, माघ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

माघ २५ काठमाण्डौं । केही दिन अघि नेकपा ओली समुहका कार्यकर्ताले वी लभ केपी ओलीको नारा लगाएका थिए । त्यसको जवाफमा आज प्रचण्ड माधव समुहका बिद्यार्थीले वि हेट केपी ओलीको नारा लगाएका छन् ।
प्रतिनिधि सभा विघटनको बिरुद्ध नाराबाजी गर्दे सिंहदबारमा ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीहरुलाई प्रहरीले हनुमानस्थानबाट अगाडी बढ्न नदिए पछि उनीहरुले सडकमै नाराबाजी गरेका थिए ।
विद्याथीहरु नाराबाजी गर्दै हनुमानस्थनाबाट अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि विद्यार्थीहरु सडकमै बसेर विरोध प्रदर्शन गरेका थिए ।

त्यसक्रममा उनीहरुले ‘अनेरास्ववियू जिन्दावाद, प्रतिगमन मुर्दावाद, असंवैधानिक कु खारेज गर, केपी पाराले दुःख पाए साराले, केपी ओली कायर छ, सारा जनता फायर छ विदेशी हस्तक्षेप बन्द गर, वि हेट ओली, फाल्नेछौ भोलि’ लगायतका नारा लगाएका थिए ।

यसअघि ओली समर्थकले ‘वी लभ केपी ओली’ को नारा लगाएकामा दाहाल(नेपाल समूहका विद्यार्थीले ‘वी हेट ओली’ को नारा लगाएका हुन् ।

त्यसक्रममा युवा विद्यार्थीको ज्ञापन पत्र बुझ्न प्रधानमन्त्रीका तर्फबाट कोही उपस्थित नभएपछि विद्यार्थी नेता रञ्जित तामाङले मिडियासामु विरोध पत्र पढेर सुनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ