सत्ता पक्षकै सांसदको अवरोधले प्रदेश एकको बैठक स्थगित

सत्ता पक्षकै सांसदको अवरोधले प्रदेश एकको बैठक स्थगित

  • आइतवार, माघ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

माघ २५ विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएलगत्तै फागुन ९ गतेसम्मका लागि संसद बैठक स्थगित भएको छ । प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको थियो ।

उक्त कार्यसूची अनुसार सदन सुरु भएको थियो । यद्यपि सदनमा राष्ट्रिय गान सकिएपछि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाए । मुख्यमन्त्री शेरधन राईले दलको नेताको हैसियतमा निलम्बन गर्नुभएका सांसदहरुलाई प्रवेश दिन नहुने भन्दै सदन चल्न नसक्ने उनीहरुको भनाइ थियो ।
सभामुख प्रदीपकुमार भण्डारीले दुई पटक बस्न आग्रह गर्नुभएको भएपनि नबसेपछि आजको संसद स्थगित गर्दै संसदको अर्को बैठक आगामि फागुन ९ गते बस्ने घोषणा गर्नुभएको थियो ।

संसद बैठक स्थगित भएपछि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले सभामुख भण्डारी र सरकारबीचको अवैध साँठगाँठ र सेटिङका कारण सदन बन्धक बनेको बताउनु भयो । उहाँले इतिहासमा काही नभएको संसदीय अभ्यास प्रदेश १ मा गर्न खोजिएको भन्दै आपत्ती समेत जनाउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ