माघ २४ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली र राजा ज्ञानेन्द्र शाहको पार्टी एउटै हुने ठोकुवा गरेका छन् ।
नवलपरासीमा आज कार्यकर्ता भेलालाई संवोधन गर्दै भट्टराईले ओलीका सबै कदम राजा ज्ञानेन्द्रको जस्तै भएको भन्दै उनीहरु दुबै जना अध्यक्ष भएको पार्टी बन्ने ठोकुवा गरे ।
काठमाण्डौमा हिजो ओली समुहले गरेको बृहत जनसभालाई लक्षित गर्दै भट्टराईले उनीहरुले सरकारी धन खर्च गरेर ओलीको फोटो टासेर भाडाका मान्छे ल्याएरु जम्मा पारेको टिप्पणी गरे ।
ओलीको साथमा सर्वोच्च अदालतमा बहस गर्ने वकिलदेखि उनको कदमलाई साथ दिने सबै मण्डले रहेको भट्टराईको आरोप थियो ।
माघ २८ गते गर्ने शक्ति प्रदर्शनको तयारीका लागि सो समुहका नेताहरु अहिले जिल्ला जिल्लामा भेला गर्दै हिँडेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline