महानगरपालिकाद्वारा बुद्ध विहारलाई थप ७० लाख हस्तान्तरण

महानगरपालिकाद्वारा बुद्ध विहारलाई थप ७० लाख हस्तान्तरण

  • शनिबार, माघ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, माघ २४ । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिएको छ ।

गत आर्थिक वर्षमा १ करोड रुपैयाँ अनुदान दिएको महानगरपालिकाले चालू आर्थिक वर्षमा सो रकम प्रदान गरेको हो । शनिबार राजधानीको भुकृटीमण्डपस्थित विहारको सभाहलमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर र कोषाध्यक्ष सुरेश महर्जनलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो।महानगरपालिकाको गत असारमा सम्पन्न नगरसभाले यस अघि सो रकम उपलब्ध गराउने प्रस्ताव पारित गरेको थियो ।

सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छेँ लगायत सबै सम्पदा आफ्नै कार्यकालमा पुनःनिर्माण गर्ने लक्ष्य अनुरुप अनुदान उपलब्ध गराएको बताउनुभयो ।‘महानगरपालिकाले यहाँका मानिसहरुको संवेदनशीलतासंग जोडिएको र नेपाललाई चिनाउने संस्कृति, सम्पदा र विहार पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखेका छौं । ’ हाल भइरहेको बौद्ध विहार, पाटी पौवा र सम्पदाको पुनःनिर्माण सोही लक्ष्य अनुरुप भएका कार्यहरु हुन् । यसमा सबै सरोकारवालाको सहयोगले महत्वपूर्ण उपलब्ध हासिल गरेका छौं । ’ मेयर शाक्यले भन्नुभयो ।

प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन आग्रह गर्दै योजना लिएर आएमा महानगरपालिकाले सबैलाई यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरपालिकाकै सहयोगले हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, स्वयभ्भुस्थित आनन्द भुवन विहार पुननिर्माण भइरहेको जनाउँदै उहाँले स्वयम्भुस्थित ऐतिहासिक आनन्दकुटी विहारको पुनःनिर्माणमा १ करोड रुपैयाँ उपलब्ध गराउने बताउनुभयो ।

सो अवसरमा महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले विहारमा पुनःनिर्माणमा महानगरपालिकाले सहयोग गर्न पाउँदा खुशी महशुस भएको बताउँदै यसले महानगरपालिकाप्रति अपनत्व र स्थानीय तहप्रति भरोसा वृद्धि हुने धारणा राख्नुभयो । संस्कृति सम्पदा र विकास निर्माणको क्षेत्रमा काम गर्ने विषयमा मेयरसंग सहकार्य गरेर नै आफू अघि बढीरहेको पनि उपप्रमुख खड्गीको भनाई रहेको छ ।

समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले सर्वसाधारणको दाताहरुको सहयोगमा भइरहेको पुनःनिर्माणमा गत वर्ष र चालू आर्थिक वर्षमा गरी महानगरपालिकाले उपलब्ध गराएको १ करोड ७० लाख रुपैयाँले पुनःनिर्माणमा तीब्रता आएको बताउनुभयो। महानगरपालिकाको सहयोगले ढुक्कका साथ विहार पुनःनिर्माण गर्ने उत्साह र विश्वास पैदा गरेको पनि भिक्षु कौण्डन्यको भनाई रहेको छ ।No description available.

समितिका सहसचिव सुनील महर्जनले संस्कृति, सम्पदाप्रतिको संवदेनशीलताको दृष्टिले हेर्दा महानगरपालिकाले यस क्षेत्रमा गर्र्दै आएको अनुदान सहयोग, लिइएका नीति र योजनाहरु उदाहरणीय रहेको धारणा राख्नुभयो । महानगरपालिकाले सरोकारवालाहरुलाई उत्साहित तुल्याउँदै उच्च मनोबलका साथ संस्कृति र सम्पदा क्षेत्रमा गरेका कार्य अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बनेको पनि सहसचिव महर्जनको भनाई रहेको छ ।

सो विहार भूकम्पबाट क्षतिग्रस्त भएको थियो । ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको विहार नेपाली मौलिकसहित र कलात्मक शैलीमा निर्माण भइरहेको छ । करिब ५ करोड रुपैयाँ लागतमा पुनःनिर्माण भइरहेको छ । विभिन्न दाताहरुको सहयोगमा दुई वर्ष अघि सो विहारको पुनःनिर्माण कार्य शुरु भएको थियो । पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महानगरपालिकोको दोस्रो अनुदान रकमले निर्माणाधीन भवनसंगैको अर्को भवनको पुन ःनिर्माण गरिने छ । सो अवसरमा अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु धर्ममूर्ति, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष र विभिन्न महाशाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ