माघ २३ काठमाण्डौं । नेपालमा आज १०५ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका ८२ वटा प्रयोगशालामा २७९९ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।
यसै गरी आज देशभरबाट २७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ५६४ जना पुगेको छ । यो भनेको ९८.५ प्रतिशत हो ।
यस्तै २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ ।
अब आईसोलेसनमा २१ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline