माघ २२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कार्यकर्ता सिद्धिएकाले प्रचण्ड र माधव कुमार नेपाल आफै सडकमा आएको टिप्पणी गरेका छन् । आफ्नो समुह निकट किशानको भेलालाई संवोधन गर्दै ओलीले कार्यकर्ता जति यता छन्, अनि आफै सडकमा गएर हामी यता छौँ भन्दै हिडेको भन्दै प्रचण्ड र माधव कुमार नेपालको कटाक्ष गरे ।
उनले ती नेताहरुलाई कानुनको पालना गर्न पनि अनुरोध गरे । आफू गाडी र बाईक चढेर हिड्ने अनि बुढी आमाले डोकोमा बोकेर ल्याएको तरकारी फ्याक्ने ? हप्की दप्की गर्ने ? सिडिओलाई, एसपी, डिएसीलाई हप्तीदप्की गर्नु भएको छ, कानुनको पालना गर्न सिक्नुस्, हप्की दप्की गर्ने दिन गए, ओलीले भने ।
उनले प्रचण्ड र माधव कुमार नेपाल कम्युनिष्टको बर्को ओढेर बाटोमा बस्ने सबै भन्दा कम्युनिष्ट विरोधी नेता भएको आरोप लगाए ।
माधव नेपालले किशान बिरोधी काम गरेको, प्रचण्डले मानवता नभएको जस्तो उपद्रव गरेको ओलीको आरोप छ ।