बन्द अपडेटः प्रचण्ड दालमोठ चिउरा खाँदै सडकमा, दर्जनौ नेता कार्यकर्ता पक्राउ, सवारी सानधमा तोडफोड र आगजानी

बन्द अपडेटः प्रचण्ड दालमोठ चिउरा खाँदै सडकमा, दर्जनौ नेता कार्यकर्ता पक्राउ, सवारी सानधमा तोडफोड र आगजानी

  • बिहिबार, माघ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

माघ २२ काठमाडौँ । संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरिएको भन्दै आम नेकपा प्रचण्ड माधव समुहले घोषणा गरेको आम हड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीको यातायात चलेका छैनन् । फाट्ट फुट्ट चलेका केही सवारी साधनमा पनि बन्दकर्ताले तोडफोड र आगजानी गरेका छन् । हाल सम्म बन्द गर्दै हिँड्ने मध्य ९० जनाभन्दा सय जना हाराहारी नेता कार्यकर्ता पक्राउ गरीसकेको प्रहरीले जनाएको छ ।विहानै कलंकीबाट अष्टलक्ष्मी शाक्यसहितलाई पक्राउ गरिएको थियो । शाक्यलाई महाराजगञ्जमा राखिएको छ ।
उपत्यकाबाट मात्रै अहिले सम्म ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने तनहुँबाट १६ जना , भक्तपुरबाट १ जना , पर्साबाट एक दर्जन बढी नेता कार्यकर्ता पक्राउ परेको नेकपाले जनाएको छ ।
बन्दका क्रममा उपत्यकामा बिहानै एउटा ट्याक्सीमा आगजानी गरिएको थियो भने विभिन्न सवारीमा तोडफोड भएको थियो ।
यस्तै बन्द अवज्ञा गरेको भन्दै चितवनमा चारवटा ट्रकमा तोडफोड गरिएको छ भने कन्चनपुरमा यात्रुबाहक बसमा तोडफोड गरिएको छ ।
यता बन्द सफल पार्न भन्दै सो समुहका अध्यक्ष प्रचण्ड पुलचोकमा धर्नामा बसेका छन् । उनी नाराबाजी गरी पत्रकारहरुसगँ कुरा गरीसके पछि धर्नामा सडकमा बसेका हुन् । दालमोठ चिउरा खाएर कार्यकर्तासँगै सडकमा प्रचण्ड बसेका छन् । रत्नपार्क सहित ठाँउ ठाँउमा नेता कार्यकर्ताहरु सडकमा प्रदर्शनमै उत्रिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ