आगजानी, तोडफोड र धरपकडः प्रचण्ड माधव समुहको आमहड्तालमा तनाव

आगजानी, तोडफोड र धरपकडः प्रचण्ड माधव समुहको आमहड्तालमा तनाव

  • बिहिबार, माघ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

माघ २२ काठमाण्डौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र शपथ असंवैधानिक भन्दै आज आमहड्ताल गरेको नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ता धमाधम प्रहरीले नियन्त्रणमा लिन शुरु गरेको छ । उता बन्द कर्ता पनि नाराबाजी तोडफोड र आगजानीमा उत्रिएको छ ।
बिहानै नेकपा प्रचण्ड माधव समुहकी स्थायी समिति सदस्य अष्ट लक्ष्मी शाक्य सहित ७० जना भन्दा बढी नेता कार्यकर्तालाई विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बिहानै गोंगबुमा एउटा टयाक्सीमा आगो लगाएर पूर्ण ध्वस्त पारिएको छ । ट्याक्सीमा आगजानीको जिम्मेवारी कसैले लिएको छैन ।
यस्तै गोंगबुमै स्कार्पीयोमा बन्दकर्ताले तोडफोड गरेका छन् ।
सरकारले यातायात, व्यवशाय सूचारु गर्न निर्देशन दिएको छ भने बन्दकर्ताहरु चल्न नदिन सडकमै उत्रिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ