काँग्रेसलाई बाबुरामको गंभीर टिप्पणीः ओली विद्या लोकतन्त्रको हत्या गरीरहने, प्रतिपक्षी चुनाव र सत्ताको र्याल काडेर बस्ने ?

काँग्रेसलाई बाबुरामको गंभीर टिप्पणीः ओली विद्या लोकतन्त्रको हत्या गरीरहने, प्रतिपक्षी चुनाव र सत्ताको र्याल काडेर बस्ने ?

  • बिहिबार, माघ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

माघ २२ काठमाण्डौं । जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन र संवैधानिक निकायमा नियुक्ति जस्ता विषयमा प्रतिपक्षी दलहरुले शसक्त आन्दोलन नगरेकोमा गंभीर आपत्ति जनाएका छन् ।
भट्टराईले ट्वीटर मार्फत भनेका छन्, ओली-विद्या संविधान र लोकतन्त्रको हत्या गरिरहने तर प्रतिपक्षी दलहरू चुनाव र सत्ताको र्याल काडेर बसिरहने हो भने भोलि इतिहासले ओलीविद्यालाई कम प्रतिपक्षी दलहरूलाई बढी दोषी ठहर्याउनेछ , फासिवादको बादल मडारिइरहेको वेला प्रतिरोध नगरी उपदेश छाटेर बस्नेहरूको हिसाब पनि इतिहासले राख्नेछ ।
भट्टराईले चुनाव होला र ठूलो भाग खाँउला भन्ने आशा नगरी लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा आउन यस अघि पनि आग्रह गर्दै आएका थिए ।
काँग्रेसले संसद विघटन बिरुद्ध केन्द्रीकृत आन्दोलन गरेको छैन भने संवैधानिक निकायमा नियुक्तिको विषयमा पनि मौनता साँधेको आरोप लागेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ