माघ २१ काठमाण्डौं । सरकार बिरुद्ध निरन्तर प्रदर्शन भईरहेका बेला नेकपा ओली समुहले पनि आफ्नो शक्ति प्रदर्शनको तयारी गरेको छ । उसले २३ गते नारायणहिटी दरबार अगाडी सभा गर्नु अघि आज मोटरसाईकल र्याली निकालेको छ ।
आज हजारौको संख्यामा निकालिएको मोटरसाईकल र्यालीमा सहभागीहरुले प्रधानमन्त्री ओलीको तस्वीर बोकेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा बालकुमारीबाट निकालिएको र्यालीले सातदोबाटो, जावलाखेल, थापाथली, दरबारमार्ग, जयनेपाल, कमलपोखरी हुँदै नगर परिक्रमा गरेको थियो । र्याली एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको थियो ।
२३ गते हुने प्रदर्शन सफल पार्न यो र्याली निकालिएको सो समुहले जनाएको छ । २३ गते बागमती प्रदेशका सबै जिल्लाबाट कार्यकर्ता ओसार्ने र उपत्यकाबाट बढी मान्छे जम्मा पार्ने यो समुहको तयारी रहेको नेताहरुले बताएका छन् ।