प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

  • बुधबार, माघ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

माघ २१ काठमाडौँ । सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई अदालतको अवहेलना सम्बन्धि मुद्धामा तीन दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको एकल ईजलाशले आज लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
अधिवक्ता समीर हायूले प्रचण्ड बिरुद्ध सोमबार निवेदन दर्ता गरेका थिए ।
निवेदनमा प्रचण्डले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।

यस अघि अवहेलना मुद्धामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ