माघ २१ काठमाडौँ । संवैधानिक नियुक्तिमा हावी हुनकै लागि अध्यादेश ल्याएर सोही बमोजिम तीन जना मात्रै बसेर गरिएको संवैधानिक निकायका पदाधीकारीलाई आज शपथ खुवाईदैछ । सभामुख र विपक्षी दलका नेता शेर बहादुर देउवा बैठकमा पटक पटक नआए पछि अध्यादेश ल्याएर प्रधानमन्त्री, प्रधानन्यायधीश र राष्ट्रिय सभाका अध्यक्ष मात्र बसेर ती पदहरुमा नियुक्त गरिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बुधबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा शपथ ग्रहण गराउने तयारी भएको जानकारी दिए ।
राष्ट्रपतिको उपस्थितिमा संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने उनले जानकारी दिए । आयोगका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराउनेछन् ।
विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूलाई शपथ ग्रहण गराउन लागिएको हो ।
केही दिन अघि मात्रै सभामुख अग्नी सापकोटाले ती आयोगका नियुक्तिहरु फिर्ता गराएका थिए ।
त्यस लगत्तै परिषद्को बैठक बोलाएर पुनः स्थगित गरिएकोमा आज शपथै खुवाउन लागिए पछि यसलाई आन्दोलनरत नेकपा प्रचण्ड माधव समुहका एक नेताले प्रधानमन्त्रीको मनपरी र जबरजस्तीको संज्ञा दिएका छन् ।