माघ २० काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कुनै पनि युद्धमा त हार नब्यहोरेको भन्दै फुटबललाई भकुण्डो र क्रिकेटलाई डल्लाको संज्ञा दिदै यसमा किन हार्नु पर्यो भनेका छन् ।
रापेखपले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपाल कहिल्यै नहारेकाले खेलमा पनि जीत्नै पर्ने बताए ।
लडाईमा नहार्ने देश यत्रायत्रा डल्लासँग किन हार्ने ? खेल भन्या केहो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्फु र भारत्तोलन, किन हार्ने ? ओलीले भने ।
पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
उनले सातै प्रदेशमा एक ÷एक वटा रंगशाला बनाउने काममा केही मान्छेहरुले अवरोध श्रृजना गरेको बताए । रंगशाला बन्यो भने त्यसको जस आफुमा जाने डरले विकास विरोध केही मान्छेहरुले लगातार विरोध गरेकाले केही अवरोध देखिएपनि चुनाव पछिको बजेटमा रंगशाला निर्माणको कुरालाई ध्यान दिने प्रधानमन्त्रीको भनाई थियो ।