शेयर बजारमा उच्च बृद्धि, नेप्से २५ सय अंकतिर उक्लिदै

शेयर बजारमा उच्च बृद्धि, नेप्से २५ सय अंकतिर उक्लिदै

  • मङ्लबार, माघ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.3K
    SHARES

माघ २० काठमाडौं। मंगलबार सेयर बजारमा ६५ अंकको उच्च बृद्धिसगैँ नेप्से २५०० अंकतिर उकालो लागेको छ । आज करिब साढे आठ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेप्से आज २४७३ अंकमा बन्द भएको छ।

बजार बढ्दा डेढ दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। प्रभु लाइफ, युनाइटेड इन्स्योरेन्स, जनउत्थान लघुवित्त, गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, माउन्टेन इनर्जी, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, एभरेस्ट इन्स्योरेन्स, सपोर्ट माइक्रो फाइनान्स, मल्टिपर्पोज फाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

होटल समूह बाहेक सबै उपसूचक हरियो भएको बजारमा सबैभन्दा धेरै निर्जिवन बीमा समूहको सूचक ६२६ अंकले बृद्धि भएको छ। जीवन बीमा समूहको सूचक ५९४ अंकले बढ्दा माइक्रो फाइनान्सको सूचक १५२ अंकले बढेको छ।

अन्य समूहको सूचक ८० अंकले बढ्दा, उत्पादन समूह ६१ अंक, बैंक, व्यापार र हाइड्रोपावर समान ३३ अंक र विकास बैंकको सूचक २८ अंकले बढेको छ।

पुनर्बीमा कम्पनीको मंगलबार पनि ५८ करोड रुपैयाँ सेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको ५३ करोड, नेपाल टेलिकमको २८ करोड, शिखर इन्स्योरेन्सको ३४ करोड र नेशनल लाइफको २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

नेपाल लाइफको २४ करोड, नेको इन्स्योरेन्सको २१ करोड, एनआइसी एसियाको १६ करोड, नेपाल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको १३–१३ करोड रुपैयाँको कारोबार भएको छ।

२०० कम्पनीका एक करोड ५५ लाख कित्ता सेयर आठ अर्ब ५९ करोड रुपैयाँमा किनबेच हुँदा, ७ कम्पनीको मूल्य स्थिर रहेको छ। २९ कम्पनीको मूल्य घटेको छ भने बाँकी सबै कम्पनीको मूल्य बढेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ